मेयरको उम्मेदवारी घोषणा गर्दै हमाल : धनगढी


धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनले धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने भएका हुन्।

हमालको प्रचारप्रसार समितिका अनुसार फागुन १९ गते बिहीबार विहान साढे ८ बजे धनगढीस्थित होटल रुवसको सभाहलमा घोषणा सभा राखिएको छ। घोषणा सभामा उपमहानगरवासीलाई पनि आमन्त्रण गरिएको छ। हमालले ०७४ को निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

हालका मेयर नृपबहादुर वडले १४ हजार ३२४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए। गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहेका थिए। ( साभार दिनेस खबर )



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ