ओली र प्रधानमन्त्री देउवाबीच सहमति : सभामुखको बहिर्गमन

एमालेको नेतृत्वमा यी ४ प्रदेशमा सरकार


काठमाडौं ।  अमेरिकी सहयोगको एमसीसी सम्झौतामा सत्तारुढ गठबन्धनकै दलबाट धोका पाएपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् ।

प्रधानमन्त्री देउवाका विश्वासपात्र नेताहरूले पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेर छलफल चलाइरहेका बेला एमसीसी पारित गर्न सहयोग माग्दै फागुन ५ गते देउवा नै बालकोट पुगेपछि एमाले–कांग्रेस सहकार्यले नयाँ मोड लिएको हो ।

मंगलबार बालुवाटार पुगेर ओलीसहितका नेताले देउवासँग लामो छलफल गरेका छन् । २ घण्टासम्म चलेको छलफलमा २ पार्टीबीच हुनसक्ने सहकार्यको मोडालिटीबारे लगभग सहमति जुटेको स्रोतले जनाएको छ ।

एमसीसी पारित गर्ने उद्देश्यले देउवाले एमालेलाई फकाउन खोजेका छन् । तर, एमालेले आफ्ना माग पूरा नभई संसदीय प्रक्रियामा सहभागी नहुने अडान लिएको छ । एमालेले आफूले कारवाही गरेका र पछि एकीकृत समाजवादी पार्टी दर्ता गरेका माधवकुमार नेपाल लगायत सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने अडान लिँदै आएको छ ।

एमाले र कांग्रेसको सहकार्य हुने निश्चित भएपछि पहिलो चरणमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी (एस) पार्टीका मन्त्रीलाई बर्खास्त गरिने भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ