चोलेन्द्र सर्वोच्चबाट बाहिरिएलगत्तै कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’


काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीले अनौपचारिक फुलकोर्ट बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु बनेका कार्कीले सोमवार साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् ।

आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाइएको छ ।

कार्कीले आजबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् । यद्यपी त्यसलाई अनौपचारिक छलफल भनिएको एक न्यायाधीशले जानकारी दिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ