आफ्नो स्वार्थका लागि यसरी गर्दैछन् विकासका नाममा विनाश

यी सडकले विकासभन्दा पहिला विनाश भित्र्याउँदै


बझाङ – बझाङमा विकल्प हुँदाहुँदै विकासको नाममा विनाश गरेको स्थानीयले गुनासो गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं. ७ मा सडक विस्तार गर्ने क्रममा धेरै विकल्प हुँदाहुँदै विकासको नाममा विनाश गरिएको स्थानीय कृपा जोशीले गुनासो गरे ।

सडक विस्तार गर्दा धेरै नै विकल्प हुँदाहुँदै घरलाई ठूलो क्षति हुने गरि सडक विस्तार कार्य अगाडि बढाएको जोशीको आरोप छ । हामी घरमा नहुँदा हाम्रो जग्गामा सडक लिएछन् कम्तीमा एकपटक सोध्नु पथ्र्यो त्यसो गरिएन हेपाहा प्रवृत्ति र गलत तरिकाले हाम्रो घर जग्गालाई नोक्सान हुनेगरी लिए यसमा मेरो आपत्ति रहेको छ जोशीले भने,। ‘हाम्रो त उठिबास नै लाग्ने भयो जग्गा जमिन घर पहिरोको उच्च जोखिममा रह्यो ।

गत कात्तिकमा बझाङमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको थियो । यस्तै भयो भने हाम्रो पनि हालत उहि हुनेछ। कम्तिमा पढेलेखेका बुद्धिजीविले बुझ्नु पथ्र्यो ? जोशीले दुखेसो पोखे । सडक लिनु हुन्न भनेको हैन् भवितव्य हुने घटनालाई मध्यनजर गर्दैँ सडक काट्नु पर्ने थियो त्यसो भएन् । जताततै डोजरे विकास गरेकाले बझाङ र छान्नाको हविगत के भएको छ यति बुझ्नु पथ्र्यो बुझेनछन् । हाम्रो क्षतिपूर्ती र सुरक्षित ठाउँमा स्तान्तरण गरे मात्र सडक सञ्चालनमा आउन दिने बताए

यसको क्षतिपूर्ति सम्बन्धीत व्यक्तिले दिनुपर्छ र यसको जिम्मा वडा अध्यक्ष राम बहादुर सिहँले लिनु पर्ने हो । विकासको नाममा विानश हुने गरि त गर्नु भएन नि ?सडक लिन पनि इन्जिनियरहरुले सर्भे गर्नुपर्ने हाेला त्यहाँबाट लिनु पर्नेहोकी होइन् कम्तीमा आवश्यकता हेरेर गर्नु पथ्र्यो त्यसो भएन् नाम नबताउने सर्तमा उनकै पाटीको मान्छेले गुनासो गरे । वडा अध्यक्ष आफ्नो स्वविवेक भन्दा पनि अरुका कुराले अगाडि बढिरहेका छन् उनले भने,।

मुलुक संघीयतामा गएपछि स्थानीय तहहरूले पहिलो प्राथमिकतामा सडकलाई राखेर डाँडाकाँडामा डोजर चलाउँदा प्राकृतिक विनाश मात्र निम्तिएको छैन बनेका सडकहरू पनि प्रायः काम नलाग्ने छन् । प्रत्येक वडामा डोजर तथा एक्साभेटर खरिद गरिएको छ भने जनप्रतिनिधि नै तिनमा मालिक हुने गरेको भन्दै आलोचना पनि हुने गरेको छ ।

यो बर्ष बाढी पहिरोका घटना मिडिया तथा सामाजिक सञ्जालमा दरदर्ती छाए पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित सडकले बाढिपहिरोको जोखिमलाई प्रवर्द्धन गरेको देखिन्छ । बाटोघाटो विकासको माध्यम हुन् । बिडम्बना ! यी सडकहरूले विकासभन्दा पहिला विनाश भित्र्याउँदै गरेको हिजोआजका घटनाले दर्शाउँछ ।

विकासभन्दा महत्वपूर्ण कुरा सुरक्षित जीवन हो । जनताका ज्यान भलले बगाएर, माटोले पुरेर ल्याइएको विकास कसैलाई मान्य छैन । वन्यजन्तुका बासस्थान र मानव घरबारलाई जोखिममा पारेर गरिएको विकास कदापि दिगो हुन सक्दैन कृपाराम जोशीले भने, ।

विकास भनेर अवैज्ञानीक तरिकाले हतार–हतार सडक बनाउनु अज्ञानता हो । सडक मार्गको कारणले भविश्यमा गाउँलेहरूले सुखभोग गर्न पाउलान्, तर भावी सन्ततिलाई सुख दिलाउने नाममा वर्तमान पिँढीले सास्ती खेप्न पटक्कै हुन्न जोशीले भने ।

विकाससँगै स्थानीय संस्कृत्ति पनि नासिदैँ छ।राजनीतिक पहुँच,मिलेमतो र अनियमितताका आधारमा सार्वजनिक जग्गा पाटीपैवा,पोखरी,खोलानाला,र वर्षैदेखि स्थानीय वासिन्दाले भाेगचलन गर्दै आएका जमिनमा समेत हस्तक्षेप गरि आफ्नो राजनीतिक फाइदाको लागि परेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ