प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टर मार्फत धनगढी पुगे


धनगढी। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी पुगेका छन्। बुधबार देउवा नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुगेका हुन्। देउवा सवार हेलिकोप्टर धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण भएको हो। देउवा आज धनगढीमा बस्ने र भोलि दिउँसो १२ बजे डडेल्धुरा जाने बताइएको छ।

बिहीबारदेखि चार दिन उनी आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा जाने कार्यक्रम छ। उनले श्रीमती आरजु राणा देउवामार्फत निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए। देउवाले भोलि डडेल्धुरको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


ट्रेण्डिङ