७ वर्षपछि बार्सिलोना फर्किए ट्राओरे


काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब वल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय ट्राओरे यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन् । उनी बार्सिलोना एकेडेमीकै पुर्व उत्पादनसमेत हुन् । ट्राओरे २०१३–१४ को सिजनमा बार्सिलोनाको ‘बी’ टोलीमा रहेका थिए । २०१४–१५ को सिजनमा उनले बार्सिलोनाका लागि २ खेल खेलेपछि प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका थिए । पछि ट्राओरे २०१८–१९ को सिजनमा वल्भ्स पुगेका थिए

ट्राओरेले घर फर्किँदा खुशी लागेकाे र मैदानमा पनि यही खुशी दिन चाहने बताएका छन् । बार्सिलोनाका लागि पनि त्यही आशा छ । अहिले खराव प्रदर्शन गरेकाे बार्सिलोना लालिगामा पाँचाै स्थानमा छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ