हात्तिगौडा, बुढानिलकण्ठमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुमको समुद्धघाटन


काठमाडौं ।  नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम टे्रडिङ्ग अन्र्तरगत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ ।सोरुम समुद्धघाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्रि प्रबन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थीतिमा सम्पन्न भएको थियो।

लक्की ग्यालरीले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी संचालक राजन श्रेष्ठले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ