यस्ता छन् लामो आयु बाँच्ने १५ उपायहरु, जानी राखौ


काठमाडौं । सहि खानपान भएमा नेपालीको आयु ७५ मानेतापनि १५० को हुन सक्ने अनुमान गरिएको छ । प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि हामीले कृतिम खाना खाने गरेका छौं । हामीले खानपानमा आमुल परिवर्तन ल्याउन आवश्यक छ । जब एउटा मानव पेटमा हुर्केको हुन्छ उसलाई हामीले अप्राकृतिक बस्तु जस्तै कृतिम भिटामिन दिएर हुर्काएका छौं । उ जन्मेपछि रोगी भएर जन्मेको हुन्छ ।

गर्भ अवस्थामा फोलिक एसिड आयरन होइन फलफुल हरियो सागसब्जी दिएर त्यो बच्चा पाउन सक्छौं भने बच्चाको स्वास्थ्य धेरै फरक भेटाउने छौं । आज जन्मेको बच्चा कुपोषण भएर जन्मेको छ । उसको शरीर पहेलो देखिन्छ । उ गर्भबाटै जण्डिस वा एनेमिया भएर जन्मेको हुन्छ । यस्तो गराउनमा अरू कोहि हैन हामी स्वयम् दोषी छौं । यदि हामीले आफै उत्पादन गरेर बनाएका या कुनै पनि औषधि नराखी उत्पादन गरेका वस्तुको सेवन गर्छौं भने मलाई लाग्छ हाम्रो आयुमा स्वत: परिवर्तन सम्भव देखिन सक्नेछ । नियमित जाँच गर्नुस । स्वास्थ्यप्रति ध्यान दिनुस् नखाने बस्तुप्रति हमेसा सजग रहनुस र हेर्नुहोस् स्वयम् परिवर्तन पाउन थाल्नु हुनेछ ।स्वास्थ्य अमुल्य धन हो त्यसै खेर नफालौ । स्वास्थ्य कसरी ठिक हुनसक्छ भन्ने बारे समयमा ध्यान दिन सकिन्छ भने हाम्रो आयु स्वत: बढ्नेछ । आउनुहोस् धेरै बाच्न के के खाने के के नखाने भन्ने कुरा जान्ने प्रयत्न गरौं ।

लामो समय बाँच्ने १५ उपायहरु

१. बदाम, पिस्ता, काजु नियमित दूधसंग खानुस यसले मानिसको शरीरलाई चाहिने क्यालोरी पुरा गर्छ ।

२. गाईको दूध र महि बढी खाने गरौं यसले पाचन तन्त्रलाई सवल बनाउन मद्दत गर्नेछ ।

३. चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। केहि अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउने भन्दा धेरै बाँचेको देखाएको छ।

४. सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडा लगाउने बेलामा एउटा मात्र खुट्टाले उभिएर शरीर सन्तुलित बनाउनाले ढाड, नितम्ब र पेटलाई बलियो बनाउँछ । त्यहाँका मांशपेशीले मेरुदण्डलाई ठीक सर्न सहयोग गर्छ ।

५. एक अध्ययनले महिनामा एकभन्दा कम चोटी यौनसम्पर्क राख्ने मानिसहरु सातामा दुईपल्ट राख्नेभन्दा चाँडै मरेको देखाएको छ । यौन सम्पर्कले तनाव घटाउने, राम्रो सम्वन्ध बनाउने र निद्रा राम्रोसँग लगाउने भएकाले पनि यस्तो हुने अध्ययनले जनाएको छ ।

६. ओखर सबैभन्दा स्वस्थकर हो किनभने यसमा रोगबाट लड्न सघाउने र कम उमेरको देखाउने एन्टी अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुन्छ । दिनको तीनवटा मात्र ओखर खानाले पूरा फाइदा मिल्छ ।

७. नजिकको मित्रता र परिवारसँगको सुमधुर सम्वन्धले लामो समय बाँच्न सहयोग गर्छ । त्यस्तै, मायाको भावनाले शरीरमा डोपामाइन र अक्सिटोसिन जस्ता रसायनको उत्पादन हुन्छ जसले मस्तिष्कको विकासमा सहयोग गर्छ र बुढ्यौली देखिनबाट जोगाउँछ ।

८. तपाईंले खाना खाँदै गर्दा ७५ प्रतिशत पेट भरिएपछि खान छोड्नुहोस् । यसले गर्दा तौल नियन्त्रण गर्न पनि सघाउँछ । ठिक्क खाना खानाले शरीरको कार्य सञ्चालन प्रक्रियालाई थप भार पर्दैन, जसले स्वस्थ रहन सहयोग गर्छ ।

९. थोरै सुत्नाले डिप्रेसन र मुटु जस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ । त्यसैले, सुत्ने बानीमा परिवर्तन गर्नाले हृदयघात, पक्षघात, रक्तचाप लगायतका स्वास्थ्य समस्याबाट जोगाउँछ । त्यसैले, सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्ने प्रयास गर्नुहोस् ।

१०. फ्रिजमा फलफूल राख्नाले लामो समयसम्म विग्रिँदैन भन्ने लाग्ला तर अध्ययनहरुले कोठाको तापक्रममा राखेको फलफूलको तुलनामा फ्रिजमा राखिएका फलफूलमा स्वास्थ्यलाई राम्रो बनाउन सघाउने तत्व कम हुन्छन् । त्यसैले, फ्रिजमा राखिएकाभन्दा ताजा फलफूल खानु स्वास्थ्यको हिसाबले राम्रो हुन्छ ।

११. युरोपियन हार्ट जर्नलले फलफूल र शाकाहारी खानेकुरा खाने मानिसहरुको मुटु रोगबाट मृत्यु हुने सम्भावना निकै कम भएको देखाएको छ।

१२. हाँस्नाले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, तनाव उत्पन्न गराउने हर्मोनलाई कम गर्छ र क्यान्सर विरुद्ध लड्ने किलर टी सेलहरुलाई उत्प्रेरित गर्छ । वयस्कहरु औसतमा दिनको पाँचदेखि १५ चोटी हाँस्छन् भने बच्चाहरु भने दिनमा एक सय पटकभन्दा धेरै चोटी हाँस्छन् ।

१३. धुम्रपान त्याग्नुहोस् एक अध्ययनले धुम्रपान गर्नाले जीवनलाई १० वर्ष छोटो बनाउने मात्र नभई वृद्धावस्थामा जीवनको गुणस्तरलाई घटाउने देखाएको छ।

१४. खानामा पानीको प्रयोग बढी गर्नुहोस् ८०% रोग पानीको साहयताले हटाउन सकिन्छ ।

१५. माछा मासु हप्तामा १ पटक भन्दा बढी नखानुस यदि खान मन लाग्छ भने च्याउ खाने गर्नुस ।

नोट : रोग लाग्नु पुर्ब आफ्नो स्वास्थ्य समय समयमा चेक जाच गरी रहनुहोस् । डाक्टरको परामर्श विना आफुखुसी जे मन लाग्छ त्यही खाने आदतलाई त्याग्नुहोस् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ