धनगढी उप-महानगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि जानकारी मुलक सूचना


  • राज्य कोषबाट पेन्सन लगायत अन्य तरिकाबाट सेवा सुविधा प्राप्त गरिरहेका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिन नमिल्ने भयकोले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गराउने कार्यमा आवश्यक सहयोग गरौ |
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुको बैंकमा जम्मा भयको रकमबाट नियमानुसार ब्याज पनि प्राप्त हुने भयकोले सहि समयमा चाहिए जति रकम मात्र झिकौ |
  • झुट्टा विवरण पेश गरी भत्ता प्राप्त नगरौ |
  • प्रत्येक आर्थिक वर्षको श्रावन महिनाको १ गते देखि भदौ मसान्तसम्म सम्वन्धित वडा कार्यालयमा लाभग्राही आफै उपस्थिति भई आफ्नो परिचय पत्र अनिवार्य रुपमा नवीकरण गरौ |
  • अन्यत्र स्थानबाट बसाई सरी आएका लाभग्राहीले बसाई सरी आएको स्थानिय तहमा बसाई सराई गरेको मितिले ३० दिनभित्र बसाई सराईको प्रमाण पेश गरी लाभग्राहीमा सुचीकृत हौओं | अन्यथा नयाँ लाभग्राहीको रुपमा सुचिकृत हुनुपर्नेछ |
  • नब्बे वर्ष उमेर पुगेका जेष्ठ नागरिक,पूर्ण असक्त अपाङ्गता भयका नागरिक,आफ्नो हेरचाह आफै गर्न नसक्ने भनि प्रमाणित भएका असक्त अवस्थाका नागरिकहरुको लागि मात्र निजहरुले पाउने भत्ता रकम बैंकसंग भएको सम्झौता बमोजिम वितरणगर्न नगरपालिकाले आवश्यक सहजीकरण गर्ने छ |


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ