एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै उजुरी


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अध्यक्ष ओलीविरुद्ध उजुरी हालेका हुन् ।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

‘ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं,’ उजुरी पत्रमा भनिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ