गठबन्धनमा आवद्ध अरु नेताहरु भने एमसीसी सम्झौता तत्काल पारित गर्न नसक्ने अडानमा

एमसीसी पारित गर्न सत्तारुढ दलका नेताहरु छलफलमा

प्रधानमन्त्री देउवा एमसीसीलाई पारित गरेर चुनाव जानुपर्ने पक्षमा


काठमाडौं  सत्तारुढ गठबन्धनका नेताहरु एमसीसीको बारेमा छलफल गर्न जुटेका छन् । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न शनिबार सहमत भएका नेताहरु बालुवाटारमा एमसीसीको बारेमा छलफल गर्न जुटेका हुन ।

बालुवाटारमा भएको छलफल प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय समन्वय समितिका सदस्यहरु छन् ।

प्रधानमन्त्री देउवा एमसीसीलाई पारित गरेर चुनाव जानुपर्ने पक्षमा छन् । तर, गठबन्धनमा आवद्ध अरु नेताहरु भने एमसीसी सम्झौता तत्काल पारित गर्न नसक्ने अडानमा छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पारित भएमात्र तिनै तहको निर्वाचनमा गठबन्धन बनाउन सकिने नभए तालमेल गर्न नसकिने गठबन्धनमा आवद्ध दलका नेताहरुलाई बताइसकेका छन् ।


ट्याग : #एमसीसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ