प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी


काठमाडौं – प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका बस्नेतले नेकपा एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् ।

बराल र बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका थिए । तर, गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए । प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा विजयी भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ