चुनाव सम्झेपछि गठबन्धनको सातो जान्छ : विष्णु पौडेल


भैरहवा – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनाव सम्झेपछि पाँच दलीय गठबन्धनको सातो जाने गरेको बताएका छन् । नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको दावी गरे ।‘नेकपा एमालेले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौ भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ,’ उनले भने । उनले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार अत्तेको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ