कार्गो विमानबाट एमाले उपाध्यक्ष पौडेल चीन जांदै


काठमाडौं ।  नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा जाने भएका छन् । चीनको कुन्मिङमा हुन लागेको ‘Economic Cooperation & Cultural Exchange’ कार्यक्रममा सहभागी हुन पौडेल सहित एमाले नेताहरु आज कार्गो विभानबाट चीनतर्फ जांदैछन् ।

एमाले उपाध्यक्ष पौडेलसंगै एमाले नेताहरु कांशिनाथ अधिकारी,मीनासिंह रखाल र पुष्प कंडेल समेत कुन्मिङ जांदैछन् । उक्त कार्यक्रममा चिनियां कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ समेत सहभागी हुने कार्यक्रम छ । पौडेलले चीन बसाईको क्रममा चिनियां नेताहरुसंग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतको दावी छ ।

चिनियां विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणको तयारी भइरहेको बेला पौडेलको चीन भ्रमणलाई अर्थपूर्थ रुपमा लिइएको छ । पौडेल यसअघि माओवादी केन्द्र र एमालेबीचको एकता हुंदाका सुत्रधार समेत हुन् ।

नेकपा बन्दा चीनले समेत मध्यस्थता गरेको समाचारहरु सार्वजनिक भएको थियो । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत एमालेसंग समेत चुनावमा गठबन्धन हुन सक्ने बताइरहेका छन् । एमाले नेता पौडेल पनि कम्युनिष्ट पार्टीहरुको विचमा सहकार्य हुनुपर्ने भन्दै सबै पार्टीका शिर्षस्थ नेताहरुसंग छलफलमा छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ