सरकारको नियतमाथि एमालेको शंका, बोलायो संसदीय दलको बैठक


काठमाडौं ।  नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले आज दिउँसो ३ बजे नयाँ बानेश्वरमा बस्नेगरि संसदीय दलको बैठक आह्वान गरेको हो ।मंगलबार बसेको मन्त्रीपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफरिस गरेको थियो । त्यसको भोलिपल्टै एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदतमा दर्ता भएको महाअभियोगलाई लम्ब्याउने ‘प्रपन्च’स्वरुप संसद अधिवेशन अन्त्य गरिएको एमालेले आशंका गरेको छ  त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।‘सरकारको नियतमाथि शंका देखिएको छ’, नेम्वाङले भने, ‘यसरी हठात् संसद अधिवेशन अन्त्य गर्नुका पछाडिको कारण खतरनाक हुनसक्छ । त्यसबारे छलफल गर्न र निर्णय लिन दलको बैठक बोलाइएको हो ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ