माधव नेपालले निर्देशन दिँदै भने – गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढ्नुहोस्


काठमाडौँ  l  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनुपर्र्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’

पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्न्तिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन समेत दिएका छन् । ‘हाम्रो फोकस जोसँग लडाई छ, त्यहाँ केन्द्रीत भएर लाग्नुपर्छ । स्थानीय तहको निर्वाचनलाई केन्द्र विन्दुमा राख्नुहोस् । प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै छ’।, उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ