चुनावमा गठबन्धनसहित जाने संकेत गर्दै देउवाले भने- एक्लै बहुमत ल्याउन सकिँदैन


काठमाडौँ l प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले हालको गठबन्धनसहित चुनावमा जाने संकेत गरेका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनावमा गठबन्धनसहित जान सक्ने संकेत गरेका हुन् ।

स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुने उनले बताएका छन् । उनले यसभन्दा अघिको चुनावमा एक्दै लड्दा हारेको समेत दावी गरे । प्रधानमन्त्री देउवाले एक्लै बहुमत ल्याउन नसकिँने भएकाले गठबन्धन गर्न आवश्यक रहेको बताएका छन् ।उनले भने, ‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो । एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’ त्यसैगरी उनले गठबन्धनको सहयोगमा अगामि सरकार बनाउनु पर्ने अवस्था पनि आउन सक्ने दावी गरे ।

देउवाले भने, ‘गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं । आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्छ ।’यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि पटक पटक चुनावमा गठबन्धनसहित जान प्रधानमन्त्री देउवासँग आग्रह गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ