माधव नेपालको १० पन्ने राजनीतिक प्रतिवेदन : पदको स्वार्थमा एमसीसीको पक्षमा उभिएको खुलासा


काठमाडौं । सत्ता रुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने भएकोले व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको बताएका छन् ।बुधबार अध्यक्ष नेपालले एमसीसीको पक्षमा नउभिएको भए आफ्नो पार्टी र गठबन्धन नै नरहने भएकाले व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

उनले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा प्रतिवेदनमा एमसीसीकै कारण आफूसहित १४ सांसद र सभामुखकोसमेत पद धरापमा पर्ने भएकोले सम्झौता पास गरेको खुलासा गरेका छन् ।त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई हटाइने र हाम्रो पार्टीका १४ सांसदलाई कारबाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ति सबै खतरालाई टारेका छौं ।’ प्रतिवदेनमा उल्लेख गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ