प्रतिनिधिसभा बैठक दिउँसो १ बजे : अघि बढ्ला एमसीसी ?


काठमाडौं । प्रतिनिध सभाको बैठक आज पुनः बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावमाथि छलफलका लागि आज बैठक बोलाइएको हो ।बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा सूचना टाँसेर स्थगित भएको थियो । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ ।

एमसीसीबारे सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ । सत्तारूढ नेपाली कांग्रेस एमसीसी संसद्बाट पारित गर्ने पक्षमा उभिँदै आएको छ भने सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी टेबल गर्ने सहमति गरेपनि यथावत् अवस्थामा पास भने हुन नसक्ने अडान लिएका छन् । त्यस्तै, जसपा अनिर्णित रहँदा जनमोर्चा भने सडकमा उत्रिसकेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई छोडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको छलफल अघि बढाएका छन् । बिहीबार मात्र प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग दुईपटक भेटवार्ता गरे‍का थिए । साथै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ता भएकाे थियाे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ