बालुवाटारमा ओली-देउवाबीच निर्णायक वार्ता हुंदै : एमाले,कांग्रेस र लोसपाबीच सहकार्य हुने


काठमाडौं । प्रधानमन्त्री शेबरहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता हुंदैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल समेत सहभागी हुंदैछन् ।

प्रधानमन्त्री देउवा एमसीसी सम्झौंतालाई जसरी पनि संसदबाट पारित गर्ने तयारी गरिरहेका बेला दुई नेताबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीले सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुसंग समेत छलफल जारी राखेका छन् ।

माओवादी केन्द्र र समाजवादी दल एमसीसीको विपक्षमा उभिएपछी अव कांग्रेस,एमाले, लोसपा र जसपाभित्रको बावुराम पक्षबीच सहकार्य हुने सम्भावना बलियो हुंदै गएको छ ।एमालेले बाहिरै बसेर सरकारलाई समर्थन गर्ने र प्रदेश सरकारमा भने सहभागी हुने रणीनिति बनाएको छ । दुवै नेताको बीचमा दूतहरु मार्फत छलफल भइरहेको थियो । आज भावी मार्गचित्रलाई अन्तिम रुपमा दिने सम्भावना छ ।बालुवाटारमा आज डिनरसहित छलफलको आयोजना राखिएको छ । आजको बैठकले दुवै दलबीच सहकार्यको ढोका खोल्ने सम्भावना बढेको स्रोतको दावी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ