एमसीसी पास गर्दैमा अमेरिकाले सेना पठाएर हस्तक्षेप गर्दैन : प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् । मंगलबार सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेस गर्ने सहमति सत्तारुढ दलहरूबीच भइसकेको जानकारी दिएका हन् ।

यसैबीच साे बैठकले एमसीसी परियोजना सदनबाट पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । दलको बैठकपछि नेता शशांक कोइरालाले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भने, ‘एमसिसी नेपालको हितमा छ । अन्य ९ वटा देशमा चलिरहेको छ। त्यहाँ अमेरिकी सेना गएको छैन । एमसीसी पास गर्दैमा अमेरिकी सेना आउँदैन, हस्तक्षेप हुँदैन ।’

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबुल गर्ने रणनीतिमा देउवा लागेका छन् । प्रधानमन्त्री देउवाले भोलिको संसद बैठक चल्ने वातावरण बनाउनको लागि सभामुख अग्निप्रसाद सापकोटालाई फोन समेत गरेका छन् ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी सम्झौता पास गर्नको लागि सहयोग गर्न सहमत भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ