सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले रिक्त दुई मन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका हुन ।

हाल उद्योग,वाणिज्य तथा आपूर्ति र रक्षामन्त्रालय मन्त्री बिहिन छ । प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेका गजेन्द्र हमालले असोज २४ मा मन्त्री पदबाट राजीनामा दिएपछि उद्योग मन्त्रालय रिक्त छ ।

त्यसैगरी कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि नेता मीनेन्द्र रिजालले पुस १ मा राजीनामा दिएपछी रक्षामन्त्रालय मन्त्रीविहीन छ ।रिक्त दुई मध्ये एक मन्त्रीमा सुजाता कोइराला मन्त्री बन्ने पक्का भएको छ । उनलाई प्रकाशमान समुहबाट मन्त्री बनाइन लागिएको हो । अर्को मन्त्रीमा प्रकाशमान सिंह वा राजन केसीलाई मन्त्री बनाइने सम्भावना छ ।

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा देउवालाई सिंह समुहले समर्थन गरेको थियो । कोइराला सिंह समूहबाट सरकारमा सहभागी हुन लागेकी हुन् । उनि यसअघि माधव नेपाल नेतृत्वको सरकारमा २०६६ मा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेकी थिईन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ