सुदूरपश्चिमसभा अझै अनिश्चित, प्रदेशको कामकारबाही अलपत्र


धनगढी। सुदूरपश्चिम प्रदेश सभाको कामकारबाही सुस्त बनेको छ । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा सुस्त बनेको हो । प्रदेश सरकार गठन भएको यतिका महिना बित्दा पनि प्रदेश सभाले नयाँ विधेयक पाएको छैन ।

सुरुवातमा सरकार फेरबदल र पूर्णता दिनमै समय व्यतीत भयो । पछिल्लो समय सरकारले पूर्णता पाइसक्दासमेत प्रदेश सभाले बिजनेस अभाव झेलिरहेको प्रदेश सभा सदस्यहरू बताउँछन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले सभा सञ्चालनका लागि बिजनेस नरहेको जानकारी दिए ।

उनका अनुसार सरकारले नयाँ विधेयक दिएको छैन । प्रदेश सभा सञ्चालनका लागि अन्य विषय पनि छैन । बिजनेस नरहेकाले प्रदेश सभा कहिले सञ्चालन हुने भन्ने टुङ्गो लागिसकेको छैन । पछिल्लो पटक करिब एक महिनापछि भदौ ४ गते प्रदेश सभाको बैठक बसेको थियो । संसदीय समितिलाई टुक्रयाउनका लागि प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधन २०७६ सहितलाई संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव पारित गराउनका लागि बैठक बसेको थियो ।

अहिले मस्यौदा समितिले संसदीय समिति टुक्रयाउनका लागि काम गरिरहेको छ । कम्तीमा दुई वटा संसदीय समिति बढाएर छ वटा पु९याउने गरी छलफल अगाडि बढेको बुझिएको छ । भदौ ४ गतेको बैठकपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य दिवानसिंह विष्टले प्रदेश सभालाई सव्रिmय बनाउन सरकारबाट ढिलासुस्ती भइरहेको उल्लेख गरे । सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकिरहेको अवस्था छ उनले भने, “निर्वाचन जितेर आउँदै गर्दा हामीले जुन गतिमा काम गर्छौं भनेका थियौँ, त्यसरी काम गर्न ढिलाइ भइरहेको छ ।”

प्रदेश सभा सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सभाको बैठक गत पुस १८ गतेबाट सुरु भएको थियो । हालसम्म दुई अधिवेशनमा २२ वटा बैठक बसेको छ । बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सभामुख, उपसभामुख चयन र बजेट पारितको काम भएको छ । गत भदौ ४ गते बसेको बैठकमा प्रदेश सभा सदस्यलाई बोल्नका लागि शून्य समय पनि उपलब्ध गराइएको थियो । जसमा १८ जना प्रदेश सभा सदस्यले समसामयिक विषयसहित आआफ्ना निर्वाचन क्षेत्रको कुरा राखेका थिए । यसबाहेक सुदूरपश्चिम प्रदेश सभाबाट अरू काम भएको छैन । कानुन निर्माण कार्य त शून्य रहेको छ ।समाजवादी मोर्चाको स्थगित भएको सुदूरपश्चिम प्रदेश सन्देश सभा अनिश्चित भएको छ।

पूर्वनिर्धारित समयअनुसार मोर्चाले भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा सभा गर्ने निर्णय गरेको थियो । तर अमेरिकी साहयता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन सम्बन्धमा विवाद मोर्चा आबद्ध दलहरूबीच विवाद देखिएपछि स्थगित भएको थियो ।एमसीसी कार्यान्वयनविरूद्ध सडक संघर्ष गरिरहेको विप्लव नेतृत्वको नेकपाले कम्तिमा १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वन सम्बन्धमा थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । माओवादी केन्द्र विशेष रूपान्तरण अभियानमा व्यस्त छ । एकीकृत समाजवादीका नेताहरू महाधिवेशन तयारी सम्बन्धमा व्यस्त छन् । जनता समाजवादीका अध्यक्ष भारतबाट फर्किएका छैनन् । स्थगितसभा गर्नेबारे समय तालिका निश्चित नभएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए । कोशी र बागमतीको सभा सकिएपछि मात्र छलफल हुने उनले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ