सुदूरपश्चिममा माओवादी रुपान्तरण अभियान घनिभुतरूपमा सुरु


कैलाली नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुदूरपश्चिमसहित देशैभरबाट सुरु भएको छ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जुम मार्फत अभियानको उद्घाटन गरेका छन ।

‘घरघरमा माओवादी जनतासँग माओवादी’ भन्ने मुल नारा सहित सुरु भएको तीन महिने अभियानको प्रचण्डले उद्घाटन गरेसँगै सुदूरपश्चिममा पनि ८८ वटै स्थानीय तहमा अभियान सुरु भएको छ। सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा माओवादी केन्द्रका नेताहरुलेहरुले अभियान उद्घाटन कार्यक्रममा सम्बोधन गरेका छन। कैलालीको धनगढी उपमहानगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य सम्बोधन गर्दै माओवादी नेतृत्वको सरकारले गरेका राम्राकामको बारेमा जनताले धेरै कुरा थाहा पाउने बताए।

उनले हामीले राम्रा काम त ग¥यौँ तर पार्टी जनतासँग जोडिएन् अव जनतासँग जोडिन पार्टी जनतामाँझ आएको छ,पार्टी रुपान्तरण भएर अघि बढ्ने बताए । माओवादी केन्द्रको प्रदेश समितिले अभियानमा खटिनका लागि नेताहरुको कार्यविभाजन गरेको छ भने जिल्लादेखि वडा तहसम्म पार्टी कमिटीका बैठकहरु भइरहेका छन्। घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित देशैभरि एकसाथ सुरु हुने अभियान तीन महिनासम्म सञ्चालन हुने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका सचिव जनक बुढाले जानकारी दिए।

‘अभियानका लागि नेताहरुको जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ’ सचिव बुढाले भने, ‘जिल्लाका बैठक सकेर प्रदेशका सबै पालिका र वडाका बैठकहरु हुने बताए। सो कार्यक्रममा केन्द्रीय सदस्य बिना मगर,लक्ष्मी विक लगायतले मन्तब्य व्यक्त गरेका थिए । साथै सो कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका धनगढी उपमहानगर कमिटिका अध्यक्ष डवल खाती ‘सुरज’ले गरेका थिए भने अध्यक्षता नगर इन्चार्ज निर्मल शाहले गरेका थिए । कैलालीको चुरे गाउँपालिकामा केन्द्रीय सदस्य त्रिलोचन भट्ट, गोदावरी नगरपालिकामा केन्द्रीय सदस्य शान्ति नेपाली, गौरीगंगा नगरपालिकामा केन्द्रीय सदस्य रेणु चन्द, घोडाघोडी नगरपालिकामा केन्द्रीय सदस्य बिमला सिंह, जानकी गाउँपालिकामा मोतिकला चलाउने, जोशीपुर गाउँपालिकामा केन्द्रीय सदस्य देबिलाल चौधरी ले सम्बोधन गरेका छन् ।

टीकापर नगरपालिकामा केन्द्रीय सदस्य देबराज रेग्मी, भजनी नगरपालिकामा केन्द्रीय सदस्य टेकेन्द्र भट्ट, लम्कीचुहा नगरपलिका बाट केन्द्रीय सदस्य टि एम स्वार, बर्दगोरीया गाउँपालिका बाट प्रदेश अध्यक्ष हरिराम चौधरी, कैलारी गाउँपालिकामा केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले सम्बोधन गरेका थिए । त्यस्तै अछामको चौरपाटी गाउँपालिकामा पार्टी केन्द्रीय सल्लाहकार जंग बिक, साँफेबगर नगरपालिकामा पार्टी केन्द्रीय सदस्य मीनबहादुर कुँवर, मेल्लेख गाउँपालिकामा केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज ओमप्रकाश पुन, बान्निगढ़ी जयगढ़ गाउँपालिकामा ईश्वरी थापाले उद्धाटन कार्यक्रममा सम्बोधन गरेका छन् । रामारोशन गाउँपालिकामा केन्द्रीय सल्लाहकार सिद्धराज भाट, मंगलसेन नगरपालिकामा पहल साउद, ढकारी गाउँपालिकामा प्रकाश परियार, तुर्माखाँद गाउँपालिकामा अछाम जिल्ला संयोजक रविन्द्र साउद, कमलबजार नगरपालिकामा जोरासिंह विष्ट, पन्चदेवल विनायक नगरपालिकामा केन्द्रीय सदस्य कुन्ती जोशीले सम्बोधन गरेका छन ।

त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१२ मा सुदूरपश्चिमका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सम्बोधन गरेका छन् । अभियान उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री धामीले अभियानले जनताको विकासको आधारलाई ठोस सम्बोधन गर्ने बताए । उनले इतिहासले आफूहरुमाथि ठूलो जिम्मेवारी सुम्पिएको बताउँदै अवको यात्रा भने गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद तिर उन्मुख हने बताए ।सिंगो पार्टी जनतासँग एक ढिक्का भएर अगाडि बढे मात्रै देशको विकास सम्भव हुने उने बताए । सरकारले गरेका जनपक्षीय कामलाई जनतासँग पु¥याउन यो अभियान सार्थक रहने मन्त्री धामीको भनाइ छ । सुदूरपश्चिममा अभियानको उद्घाटन कार्यक्रम उत्साह पूर्वक सम्पन्न भएको माओवादी केन्द्रका प्रदेश सचिब जनक बुढाले बताए । सुदूरपश्चिममा यो रुपान्तरण अभियानले जनता र पार्टीबीचको सम्बन्ध सुमधुर भएर अघि बढ्ने उनले बताए । सुदूरपश्चिम प्रदेशमा पार्टीका ८० हजार संगठित सदस्य रहेको र ती सदस्यको नवीकरण गर्ने,नयाँ सदस्य थप्ने पार्टीको योजना रहेको नेकपा माओवादी केन्द्रका नेता उद्धब भट्टराईले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ