एसपीएका क्याम्पस प्रमुख गौतम राष्ट्रिय शिक्षा सम्मानबाट सम्मानित


धनगढी। एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मान-२०८० बाट सम्मानित भएका छन्। सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाईं उक्त सम्मान प्रदान गरेको हो ।

प्रदेश प्रमुख माननीय देवराज जोशीले शुक्रबार जनपुस्तकालयमा आयोजित एक समारोहमा उनलाईं सम्मान प्रदान गरे । काठमाडौंमा झण्डै दुई दशक विभिन्न कलेजहरुको नेतृत्व गर्नुभएका गौतम विगत दुई वर्षदेखि एसपीए कलेजको क्याम्पस प्रमुखका रुपमा छन्। उनी आएपछि कलेजमा थुप्रै परिवर्तनहरु भएका छन् । गौतम क्याम्पस प्रमुख भएर आएपछि एसपीए कलेजको भौतिक र शैक्षिक अवस्थामा ठूलो परिवर्तन देखिएको छ।

उनले कलेजको वातावरणलाई मनमोहक बनाउँन स्वच्छ, हराभरा वातावरण, चिटिक्क बगैचा, थरिथरिका फुल, झरनाबाट बग्ने कलकलपानीको सुमधुर आवाज, महानव्यक्तिहरुका प्रेरक भनाईहरु, विद्यार्थीहरु बस्दै छलफल गर्न मिल्ने स्थानहरुहरुको निर्माण गर्दै प्रशंशा बटुलेका थिए । बिहान साढे ५ बजे नै कलेज पुग्ने उनी राति अबेरसम्म पनि कलेज कै काममा व्यस्त रहन्छन् । आफैँ झाडु लगाउँछन्, आफै बोटविरुवा फुलहरुमा पानी हाल्छन्।विद्यार्थीहरुसँग भलाकुसारी गर्छन।

गौतम क्याम्पस प्रमुख भएर आएपछि क्याम्पसको प्रशासनिक काम पनि चुस्त बनेको छ। एउटै कामका लागि विद्यार्थीहरु विभिन्न स्थानमा धाइरहनु बाध्यताको अन्त्य गर्दै उनले गेटमै एकिकृत प्रशासनिक भवन निर्माण गर्न लगाई रिसेप्सन, सुचना, आइटी, मानव संशाधन, परीक्षा, भर्ना, फाराम बुझाउँने, दिने, खेलकुद विभागलगायतको सेवा एकै छानामुनिबाट दिने व्यवस्था मिलाएका छन् । यस्तै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कलेजमा उनले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने व्यवस्था मिलाएका छन्।

उनको पहलमा कलेजमा अष्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, बेल्जियम, बेलायतलगायत देशहरुबाट प्राध्यापकहरु आएर भाषा, संस्कृति, रहनसहन, व्यवहारिक तथा व्यवसायिक थुप्रै कुराहरु विद्यार्थीहरुलाई दिलाएका छन्। उनी आएपछि शैक्षिक क्षेत्रमा पनि एसपीएले राम्रो प्रगति हासिल गरेको छ। लगातार तेस्रो वर्ष कलेजले देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाएको छ । विद्यार्थीहरु टीयू र सुदूरपश्चिम टप निस्किएका छन् । कम्पनीहरु कलेजमै आएर विद्यार्थीहलाई रोजगारी दिने अवस्था श्रृजना भएको छ।

गौतमकै पालामा एसपीएमा भएको अर्को महत्वपूर्ण उपलब्धि क्लबहरुकोअभ्यास हो। जसलाई आधुनिक शिक्षाको अवधारणा पनि मानिन्छ। उनले विभिन्न विद्यार्थीको चौतर्फी विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि १५ वटा विभिन्न क्लबहरु गठन भएका छन्। जसमा एकेडेमिक, आइसिटी, काउन्सिलिङ, रेडक्रस, स्टुन्डेन्ट एक्सचेन्ज, स्मल स्केल इन्टरप्रियनरसिप, ग्रीनक्लिन धनगढी, मिडिया एण्ड पब्लिकेसन, थियटर एण्ड आर्टस, कम्युनिटी सर्भिस तथा सोसियल जस्टिस, कल्चरल ल्यांङवेज एण्ड डाइभर्सिटी, स्पार्टेस, पोलिटिकललगायत क्लब छन्। विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन्, त्यहीक्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिन्छ। विद्यार्थीहरु सामाजसँग जोडिन्छन्।क्लबमा आवद्ध हुन सकैलाई रोकतोक छैन। जसलाई जतिबेला मन लाग्यो आवद्ध हुनसक्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ