पालले एसियाली जुनियरमा तीन कास्य


नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार तीन कांस्य पदक जितेका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्युमा नै हेमन्त पुरुष ७३ केजी तौलसमूहमा तीन कांस्य पदक जित्न सफल भएका हुन्। भारतको नोएडामा जारी प्रतियोगितामा हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जानकारी दिए।

हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी कुल दुई सय सात केजी भार वहन गरे। हेमन्तको स्पर्धामा पाँच राष्ट्रका ६ खेलाडी सहभागी थिए। उज्वेकिस्तानका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते। प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन्। पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्नेछन्। सञ्जयको पनि यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ