मनाङ एयरको हेलिकप्टर दुर्घटना : पाँच जनाको शव भेटियो, पहिचान हुन बाँकी


मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी राजेश बास्तोलाले दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको पुष्टि गरे । उनीहरूको पहिचान भने हुन नसकेको उनले बताए ।

लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी कान्छा शेर्पाले लोकान्तरसँग बताए ।

दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको डीआईजी बास्तोलाले बताए । हेलिकप्टर रुखमा ठोक्किएर झरेको उनले बताए ।

हेलिकप्टरमा पाइलट र ५ विदेशी यात्रु गरी ६ जना सवार थिए ।

विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किने क्रममा सम्पर्कविहीन भएको 9N AMV कलसाइन हेलिकप्टर लुक्लानजिकै सुर्कीबाट १०:०५ मा उडेर १०:१० मा सम्पर्कविहीन बनेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ