सार्वजनिक यातायातको भाडा घट्यो


यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारीसाधनको भाडा ३.२० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ४.६५ प्रतिशतले घटेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ