अन्धबिश्वासले एक महिलाको ज्यान गयो


बैतडी : बैतडीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु भएको हो। शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन्।

सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्यकोमा झारफुकका लागि पु¥याइएको थियो। उनको उतै मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ। मृतक लुहारको शव पोष्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ