‘संसद् राजसंस्थाको विज्ञापन गर्ने एजेन्सी होइन’


नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन्।

उनले राजसंस्थाले दुई सय ४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद् नभएको तर्क गरे।

सांसद दाहालले संसद्लाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने र यो विज्ञापन एजेन्सी नभएको स्पष्ट पारे।

कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए । उनले  संसदमा अमर्यादित, अशिष्ट र अराजक बहस हुने गरेका भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदको ध्यानाकर्षण गराए।

देशमा अर्बौँको काठ आयात भइरहेको भन्दै काठ आयातलाई रोकेर देशकै काठ प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

उनले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा युरिया मल कारखाना छिटोभन्दा छिटो सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरे।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ