लिपुलेकमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग


काठमाडौं – राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै उक्त काम रोक्न माग गरेको छ । जनमोर्चाले नेपाल सरकारलाई जतिसक्दो चाँडो भारतसँग सडक विस्तारको बारेमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गरेको हो ।

आज जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्माण कार्य रोक्न माग गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । यस विषयमा जनमोर्चाले विज्ञप्ति जारी गरेर औपचारिक रुपमा विरोध जनाए पनि अन्य राजनीतिक दलहरु मौन छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ