प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक


काठमाडाैं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीशले बोलाएको यो दोस्रो बैठक हो ।

यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।

आजको बैठकमा खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ