सुराकीको नाममा मन्त्री र सचिवले गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय


नवनियुक्त उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

शुक्रबार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

त्यसैगरी गृहमन्त्री श्रेष्ठले मिटरब्याजीपीडितहरुको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरेका छन् । उनले दुबै फाइल निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ