फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन : शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि बहानामा फोन ट्याप गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।विगतमा रोकिएको फोन ट्यापिङको व्यवस्था पुनः अघि बढाउनुले सरकारको नियतमा प्रश्न उठेको उनको तर्क छ ।

सामाजिक सञ्जालमा नेता कोइरालाले लेखेका छन्, ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ । राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानव अधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस् ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ