प्रधानमन्त्री दाहालको निर्देशनपछि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकियो


काठमाडौँ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका छन्। मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकिदिएका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै परराष्ट्रमन्त्री पौडेलले जेनेभा भ्रमण रद्द गरेकी छन्।

पुस १० मा बनेको सत्ता समीकरणमार्फत पौड्याल एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन् । तर, राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत ८ दलको अर्को गठबन्धन बनेको छ । उक्त गठबन्धन बनेसँगै एमाले र माओवादी केन्द्रको सम्बन्ध चिसिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ