राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले गरे मनोनय दर्ता


काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपउनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।

त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।

यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ