संसदले पाएन बिजनेस: हिउँदे अधिवेशन शून्य र विशेष समयमै सिमित


काठमाण्डु- सरकारले संसदलाई बिजनेस दिन नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको हो ।

अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनै पनि विधेयक नल्याएको संसद सचिवालका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएका मध्ये सम्पती शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक दर्ता भएपनि अन्य कुनै पनि विधेयकहरु सरकारले संसद सचिवालयमा दर्ता नगराएको उनको भनाइ छ ।

हालसम्म प्रतिनिधि सभामा ४ वटा विधेयक र राष्ट्रिय सभामा ९ वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् । उनले प्रतिनिधि सभामा सम्पती शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका साथै राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा सन्देशसहित तीन वटा विधेयक रहेको प्रवक्ता गिरीले बताए।

गिरीले प्रतिनिधिसभाको आगामी बैठकमा सम्पती शुद्धिकरणसँग सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस हुने सम्भावना रहेको उल्लेख गरेका छन् । सांसदहरुले भने सरकारले संसदलाई बिजनेस दिन नसकेको गुनासो गरेका छन् । संघीय संसदको यो अधिवेशन लगत्तै बजेट अधिवेशन पनि सम्मुखमा रहेको छ ।

संसदमा रहेका राजनैतिक दलहरु अहिले कसलाई राष्ट्रपति बनाउने भन्ने कसरत रहँदा संसदले बिजनेस पाउन सकेको छैन् । बैशाख अन्तिम साताबाट बजेट अधिवेशन सुरु हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ