राजनीतिक दललाई पूर्वराजा ज्ञानेन्द्रको आग्रह- देश जोगाउन राजसंस्थासँग सहकार्य गर्नुहोस्


काठमाण्डु- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने बताएका छन् । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले देश जोगाउन भन्दै राजनीतिक दललाई सहकार्यको लागि प्रस्ताव गरेका हुन् ।

‘देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’, पूर्वराजा शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि आफूले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको पनि स्मरण गरेका छन् ।

king-massege-2079-falgun-7



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ