कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विष्फोट, भण्डारीसहित आमा घाइते


कांग्रेस सांसद चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौंमा ग्यास सिलिन्डर बिस्फोट भएको छ । चिकित्सकका अनुसार भण्डारीको शरिरमा करिब २५ प्रतिशत र उनकी ८६ वर्षीया माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ ।

सांसद भण्डारी र उनकी आमाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन्  । गएराती ग्यास सिलिन्डर विष्फोट भएको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले भने ‘किर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर हामीले राति नै स्वास्थ्य अवस्थाबारे जानकारी लियौ ।  डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ । अहिले आमाछोराको आइसियमा राखेर उपचार भइरहेको छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ