गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री प्रचण्ड


सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज देशकै गौरव भएको बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले अब व्यावहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर हिजो नै क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको छ, जान्छ ।”

पहिलो पटक प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गर्ने र सबैभन्दा धेरै सुदूरपश्चिममा नै आएर आयोजनाको अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,“यस पटक पनि प्रदेशस्तरमा विकास आयोजनाको अनुगमन गर्ने काम सुदूरपश्चिमबाटै भएको छ देशकै निम्ति गौरबको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्दैछ ।”

प्रधानमन्त्री प्रचण्डले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिनुभयो । सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेज सञ्चानका लागि कुर्नै पर्दैन भन्नुभयो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ