तिलक पेलाको स्वरमा ‘के लत बस्यो’ सामाजिक संन्जालमा भाइरल


के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ

पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ

खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ

डा.प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको यो गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । टाइमलाइनमा यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ