सुदूरपश्चिम प्रदेशमा सभामुखमा तेस्रो पटक आज निर्वाचन हुँदै


धनगढी: लगातार दुई पटकको निर्वाचनले सभामुख छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न सोमबार बिहान ९ बजे निर्वाचन तोकिएको छ । सभामुखमा सत्ता साझेदार दलबाट नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी उम्मेदवार छन ।

प्रतिपक्ष दलबाट नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन । सभामुख छानिन ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात् २७ मत पाउनुपर्छ । सत्ता पक्षसँग २९ मत भए पनि पहिलो निर्वाचनमा एक मत बदर र दुई जना प्रदेश सभा सदस्य अनुपस्थित भएपछि सभामुखमा कोही छानिन सकेको थिएन ।

दोस्रो निर्वाचनमा सत्ता साझेदार दलकै नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेश सभा सदस्य तटस्थ बस्दा सभामुख चयन हुन सकेको थिएन ।

सत्ता साझेदार दलको पक्षमा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ प्रदेश सभा सदस्य छन् । प्रतिपक्षसँग नेपाली कांग्रेका १९, नेकपा एकीकृत समाजवादीका चार र स्वतन्त्रका एक जना गरेर २४ जना छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ