पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाण्डु- सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन हाे । सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेकाे थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दिन पौष २७ मा सार्वजनिक बिदा दिने निर्णयको हार्दिक स्वागत याेग्य छ । नेपाल देशको स्थापना, एकीकरण र विश्व मानचित्रमा परिचित गर्ने राष्ट्र निर्माता पृथवीनारायणको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ