सत्ता गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्रीमा जुट्यो सहमति, कुन प्रदेश कसको भागमा ?


काठमाण्डु -सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको भागबण्डामा सहमति जुटेको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले बाँकी रहेका ६ वटा प्रदेशको पनि भागबण्डा टुंगाएको हो । जसअनुसार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश एमालेको भागमा परेको छ । त्यस्तै वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने सहमति जुटेको छ ।

मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो गर्ने र कर्णालीमा माओवादीले सरकार बनाउने गरि सत्ता गठबन्धनले बाँकी रहेका ६ वटा प्रदेशको भागबन्डाको टुंगो लगाएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ