मान्छे किन कोही गोरो कोही कालो हुन्छ ?


काठमाडौं : कोहि व्यक्ति देख्ने वित्तिकै मस्तिष्कले भेउ पाइहाल्छ, यो व्यक्ति कालो वा गोरो छ । आखिर किन हुन्छ , व्यक्ति गोरो र कालो ? मेलानिनको प्रभाव मानिसको शरीरको छालामा रंग दिने कोष हुन्छ । यस कोषलाई मेलानोसाइट भनिन्छ । मेलानोसाइटको संख्या हरेक व्यक्तिको शरीरमा बराबर नै हुन्छ । मेलानोसाइटले छालामा रंग निकाल्छ । छालामा रंग फ्याल्ने क्षमता चाहि व्यक्ति पिच्छे फरक —फरक हुन्छ ।

अमेरिकनहरुको छालामा मेलानोसाइट कोषले फाल्ने रंग बढी हुन्छ । नेपालीहरुको छालामा मेलानोसाइटले फाल्ने रंग न्युन हुन्छ । के के गर्छ मेलानोसाइटले ? मेलानोसाइटले मेलानिन बनाउँछ । मेलानिनले घामबाट जोगाउन सहयोग गर्छ । मेलानिनले क्यान्सर हुनबाट जोगाउँछ । चाउरीपना आउँदैन । यहिं मेलानिनले नै छालालाई रंग दिएर गोह्रो वा कालो बनाउँछ । जसको छालामा मेलानिन बढी हुन्छ त्यो कालो वर्णको हुन्छ । जसको छालामा मेलानिन न्युन हुन्छ त्यो व्यक्ति गोरो देखिन्छ । नेपालीको छालाको रंगलाई उत्तम मानिन्छ ।

अधिकाशंकाले छाला न त धेरै गोरो न त कालो हुन्छ । त्यसैले नेपालीको छालालाई सबैभन्दा राम्रो मानिन्छ । नेपालीको छाला गहु जस्तो न कालो न त सेतो भएको कारण गहुगोरो मानिन्छ । यस्तो छालामा छिटै चाउरीपना आउँदैन । घामको असर नेपालीहरुको छाला प्रायः सुख्खा हुन्छ । वातावरणीय कारणले हाम्रो छाला सुख्खापन देखिएको हो ।

अर्को कुरा घामले पनि व्यक्तिको छालालाई असर गर्छ । दिउसोको चर्को घाममा हिंडदा त्यसको असर अनुहार लगायत खुला भागमा पर्छ । अल्ट्राभायोलेट किरणले पनि छालालाई असर गर्छ । घाममा निस्कनु पर्दा टोपि, कालो छाता, चश्माको प्रयोग गर्नु पर्छ बाहिर निस्कनु भन्दा १५ मिनेट पहिले सनस्क्रिन लगाएर हिंडनु पर्छ । सनस्क्रिन लगाउँदैमा शतप्रतिशत घामबाट जोगिन सकिंदैन । यसको लागि अन्य उपायहरु अपनाउनु पर्ने हुन्छ ।डा. धर्मेन्द्र कर्ण



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ