केन्द्र र प्रदेश सरकार गठनबारे प्रचण्ड र ओलीबीच छलफल


काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए ।

उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ