कैलालीको अत्तरियामा २८ वर्षीय सुन व्यवसायीमाथि गोली प्रहार


काठमाण्डु- कैलालीमा सुनचाँदी व्यवसायीमाथि आइतबार गोली प्रहार भएको छ ।

जिल्लाको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि आइतबार बेलुका गोली प्रहार भएको हो । अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

घोडोघोडी नगरपालिका १ घर भएका सुनुवार अत्तरिया चोकबाट पश्चिमबाट पूर्वतर्फ मोटरसाइकलमा जाने क्रममा विपरीत दिशातर्फ मोटरसाइकलमा सवार व्यक्तिले गोली प्रहार गरेका हुन् ।

दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । गोली हान्ने व्यक्ती हाल फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ