सेती प्रादेशिक अस्पतातमा दुई अर्ब लगानी गरेर सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी


सेतीमा दुई अर्ब लगानी गरेर सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी११

धनगढी – सेती प्रादेशिक अस्पतालले टिनको छानो रहेको भवनबाट प्रसूति, प्रयोगशाला लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालको पूर्वतिर रहेको पुराना भवन जिर्ण छन्। तत्कालिन जिल्ला अस्पतालदेखिका भवनहरुबाट स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल परिसरभित्र नयाँ भवन निर्माणको प्रक्रिया थालेको जनाएको छ। सामाजिक विकास मन्त्रालयले नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारेको भएपनि स्वीकृत हुन बाँकी छ।

सामाजिक विकास मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सेनाले डीपीआरको काम पूरा भएको बताए। उनले भने, ‘ठुलो, आधुनिक, दुई भुई तलामा पार्किङ्गसमेत भएको (डबल बेसमेन्टको), २–३ सय बेडको डिजाइन हुने हो। सेती अस्पताल बीच बजारमा भयो। ठाउँ पनि कम छ।’

सेती प्रादेशिक अस्पताल परिसरभित्र झण्डै दुई अर्ब लगानीमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले डीपीआर स्वीकृतपछि संघीय सरकारसँग बजेट माग गर्ने तयारी छ। आकस्मीक, प्रसूति, प्रयोगशाला लगायतका शाखाहरु नयाँ भवनबाट सञ्चालन गरिनेछन्।

पार्किङसहितको भवन निर्माणको प्रक्रिया मन्त्रालयले सुरु गरेको बताइएको छ। इन्जिनियर तिमिल्सेनाले भने, ‘हामीले डीपीआर बनाएका छौ। प्रदेशको बजेटले मात्र हुँदैन होला। केन्द्रमा माग गर्ने कुरा भएको छ। बजेट सुनिश्चतता भएपछि काम हुन्छ।’ सेती प्रादेशिक अस्पतालमा भौतिक संरचनाको अभाव छ। पुराना तथा जिर्ण भौतिक संरचनाबाट अस्पतालले स्वास्थ्य सेवा दिदै आएको छ। पुराना र जिर्ण भवन भत्काउदै नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्ने तयारी अघि बढाइएको छ।

नयाँ सुविधा सम्पन्न भवन निर्माणको काम पूरा भए, अस्पताललाई सेवा दिन सहज हुने अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले बताए। उनले भने, ‘जाइने वाडको टिनको घरदेखि पोस्टमाटमको घरसम्म हो। पूर्वतिर नयाँ भवन बनाउने हो। अर्काे साल संघ सरकारको बजेटमा पर्न सके, राम्रो काम हुनेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ