राष्ट्रिय युवा संघद्धारा ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन (सर्कुलरसहित)


काठमाडौं . नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

उक्त वैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र विशेष सर्कुलर जारी गरेका छन् । सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी रहेका छन् ।

त्यस्तै बैठकले राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णयसमेत गरेको छ ।

यस्तो छ युवा संघद्धारा जारी सर्कुलर:



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ