मुलुकभरका प्रायजसाे मतदान केन्द्रमा उत्साहपूर्ण मतदान जारी


काठमाडौँ,४ मंसिर । देशभरका एकाद बाहेक मतदान केन्द्रमा मतदान जारी छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको बताए ।

अहिलेसम्म कहिँकतैबाट कुनै पनि किसिमको अवरुद्ध वा डिस्टर्ब भएको नभएको  प्रवक्ता पौडेलले बताए । गत स्थानीय चुनावमा फर्स्ट आवरमैँ उत्साहपूर्वक मतदान भएपनि अहिले अलि चिसो बढेको कारण धेरै मतदान नभएको उनले बताए ।

यद्यपि देशभरका मतदान केन्द्रहरूमा मतदाताहरू लामवद्ध भएर मतदान गर्न उपस्थित भएको र मतदान पनि भइरहेको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ